अमेरिकाको ऋण : विश्वकै अर्थतन्त्रका लागि चेतावनी
अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४०० खर्ब डलर नाघेको छ।
काठमाडौ/ यो केवल अमेरिकाको सरकारी खातामा देखिएको ठूलो अंक होइन, विश्व अर्थतन्त्रका लागि पनि गम्भीर संकेत हो। ऋण बढ्दै जाने तर कर आम्दानी र सरकारी खर्चबीचको खाडल घट्न नसक्ने हो भने यसको असर मुद्रास्फीति, ब्याजदर, सरकारी लगानी र अन्ततः आम नागरिकको जीवनसम्म पुग्न सक्छ।
अझ चिन्ताजनक कुरा—अमेरिकाले ऋणको ब्याज तिर्न मात्रै वार्षिक करिब ११ खर्ब डलर खर्च गरिरहेको छ। पछिल्लो समय ब्याज खर्च रक्षा बजेटभन्दा समेत ठूलो बनेको छ।
सन् १९८१ मा १० खर्ब डलर रहेको अमेरिकी ऋण आज ४०० खर्ब डलर पुगेको छ। अर्थात् विश्वकै शक्तिशाली अर्थतन्त्र पनि निरन्तर बढ्दो ऋणको दबाबबाट अछुतो छैन।
४०० खर्ब डलरको ऋण तत्कालै अमेरिकी अर्थतन्त्र ध्वस्त हुने संकेत होइन। तर प्रश्न गम्भीर छ—ऋणको यो दौड आखिर कहाँ गएर रोकिन्छ?
आज अमेरिकाको समस्या भोलि विश्व अर्थतन्त्रको समस्या बन्न सक्छ।





