२२ मंसिर २०८२, सोमबार

पोख्रेलद्धारा महाधिवेशन अवधारणापत्र पार्टीमा




काठमाडौँ, मंसिर २२ गते/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न एघारौँ महाधिवेशनका लागि तयार गरिएको अवधारणापत्र औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्।

सोमबार दिउँसो ललितपुर–च्यासलस्थित कार्यालय पुगेका पोखरेलले आफ्ना नजिकका नेताहरूसहित पार्टी नेतृत्वसँग भेटघाट गर्दै सो अवधारणापत्र महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेको पोखरेल समूहले महाधिवेशनसम्बन्धी आफ्नो दृष्टि, योजना र मार्गदर्शनसम्बन्धी दस्तावेज सार्वजनिक गर्दै त्यसलाई पार्टीसमक्ष पेस गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार