१८ मंसिर २०८२, बिहीबार

निकासका लागि निर्वाचन गर्नुको विकल्प छैन




धनगढी, मंसिर १२ गते/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले तोकिएको मितिमा निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् ।

सो पार्टीले आयोजना गरेको प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ अभियानको पहिलो कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै उनले यो कार्यक्रम सरकारलाई पनि निर्वाचन गर्न प्रोत्साहन र दबाब दुवै सिर्जना दुबै भएको उल्लेख गरे ।

नेपाली कम्युनिष्ट पार्टीलाई बृहत शक्ती बनाएर अघि बढ्ने बताउदै उनले भने १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन हुनु उपलब्धी हो भने । प्रचण्डले एमालेतिर पनि आफूहरुको ध्यान केन्द्रित रहेको बताए । देशभक्त वामशक्तिहरू र नेकपा (एमाले) लाई नेपाली कम्युनिष्ट पार्टीमा गोलबन्द हुन पनि उनले आग्रह गरे ।

१५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड हो उनले भने देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टी आशा र नयाँ भरोसाका साथ हेरिरहेका छन् ।

संयोजक प्रचण्डले जोड दिदै भने, यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ति, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ति हामीले एमालेभित्रका सबै देशभक्त सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रीत हुनुपर्दछ ।

उनले अहिलेको एकता र सन्देश सभाले हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउने दावी पनि गरे । प्रचण्डलले अहिलेको एकता चुनाव जित्न मात्र होइन देश बनाउनका लागि पनि हो भने ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार