रावल र खड्काले छोडे एमाले

धनगढी, मंसिर १२ गते/ नेकपा (एमाले) कैलालीका सचिवालय सदस्य दीपक रावल र जिल्ला कमिटी सदस्य जनक खड्काले पार्टी परित्याग गरेका छन् । उनीहरु कैलाली क्षेत्र नम्बर १ टीकापुर क्षेत्रका प्रभावशाली युवा हुन ।
मलाई विनाकारण पार्टी सदस्यबाट हटाइयो, यो अपमान सहनु ठिक लागेन त्यसैले एमाले छोडे रावलले भने हाम्रो कुरा सुन्ने नेता नै एमालेमा देखिन । रावल प्रदेश सरकार अन्र्तगतको टीकापुर अस्पतालका अध्यक्ष समेत भइसकेका छन् ।
हाल कैलाली जिल्ला कमिटी सदस्य र युवासंघका पूर्व सचिवालय सदस्य जनक खड्काले पनि एमालेमा अन्याय हुन थालेकोले आफूले छोडेको बताए ।
रावल र खड्काले आज धनगढीमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभामा आफूहरु सो पार्टीमा समाहित हुने बताए ।




