नेकपा ताजा जनादेशका लागि तत्पर छ डा. रावल

धनगढी, मंसिर ६ गते / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावलले आफू र आफ्नो पार्टी ताजा जनादेशको प्रक्रियामा जान पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
धनगढीमा आयोजित पार्टी एकता सन्देश सभाका तयारी सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी जनताको विश्वास, साथ र समर्थनसहित बहुमतसहित सरकार निर्माण गर्ने दाबी गरे।
मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्नेमा जोर दिँदै उनले वर्तमान अन्तरिम सरकारले सुरक्षा व्यवस्थाको ठोस प्रत्याभूति दिन आवश्यक भएको बताए।
सरकारले फागुन २१ गते निर्वाचन मिति तोकेको भए पनि जेलबाट फरार भएका कैदीबन्दी अझै पक्राउ नपरेको र धेरै हतियार राज्यको पूर्ण नियन्त्रणमा नआइसकेको उल्लेख गर्दै उहाँले देश विषम परिस्थितिबाट गुज्रिरहेको बताए । राष्ट्रको स्वाधिनता, अखण्डता र जनताको सुरक्षाको संरक्षणका लागि सबै एकताबद्ध हुनुपर्ने मन्त्रीस्तरीय धारणा उनले राखे।
नेकपाले मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको छ र त्यसैको तयारीस्वरूप सो छलफल कार्यक्रम गरिएको जनाइएको छ।




