रावल समूह र नेकपाबीच ७ बुँदे सहमति, छ महिनाभित्र एकता महाधिवेशन हुने
नेकपा काल सम्झदै रावलले भने, त्यो विछोडको घाउमा अब मलहम लागेको अनुभूति भइरहेको छ

काठमाडौँ कात्तिक २६ गते/ डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सात बुँदे सहमति भएको छ।
घोषणा सभाअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र अभियानका संयोजक भीम रावलले औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर गरे।
सहमति अनुसार दुवै पक्षले आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, नेता रावलको जिम्मेवारी आपसी सहमतिमा तोक्ने र पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन पनि आपसी सहमतिमा तयार पार्ने उल्लेख छ।
हस्ताक्षरपछि रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माणका लागि नयाँ यात्रा सुरु भएको बताए।
उनले भने , “हामीले अब संगठनलाई अझ सबल र जनमुखी बनाउने संकल्प गरेका छौं।”
रावलले नेकपा विभाजनको प्रसङ्ग सम्झिँदै भने, “पहिले प्रतिक्रियावादीहरूले आफ्ना स्वार्थका लागि हाम्रो पार्टी विभाजन गराएका थिए। त्यसबेला हामी भारी मनले छुट्टिएका थियौं। तर आज फेरि एउटै छातामुनि फर्किएका छौं — त्यो विछोडको घाउमा अब मलहम लागेको अनुभूति भइरहेको छ।”

यस्तो छ सम्झौता





