१९ मंसिर २०८२, शुक्रबार

अछामको साँफेबगरमा भीषण आगलागी, डेढ घण्टापछि नियन्त्रणमा



धनगढी, कात्तिक, १५ गते/ अछामको साँफेबगरमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । साँझ करिब पौने ९ बजेबाट आगलागी शुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो नियन्त्रणमा आएको जानकारी दिए ।

उनका अनुसार आगलागीबाट ७ वटा टहरा जलेको नष्ट भएका छन् ।

नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

साँफे हाटबजारमा यसअघि पनि भीषण आगलागी भएर १० वटा पसल जलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार