महिला स्वास्थ्य स्वयंसेविकालाई अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

धनगढी, १४ कार्तिक / अटिजमबारे सचेतना बढाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी धनगढीमा अभिमुखीकरण कार्यक्रम भएको छ।
अपाङ्गता अधिकार कोषको र धनगढी उपमहानगरपालिकाको सहकार्यमा राष्ट्रिय अटिजम केयर सेन्टर धनगढीले कार्यक्रमको आयोजना गरेको हो ।
धनगढी उपमहानगरपालिका-७, मनेहरामा भएको कार्यक्रमको सुदूरपश्चिम प्रदेश सामाजिक विकास सभापति धर्मराज पाठकले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै सभापति पाठकले वडाका जनप्रतिनिधिहरूलाई अपाङ्गता, एकल महिला, जेष्ठ नागरिक, अटिजम बालबालिकाहरूका लागि वजेट बनाउदा महत्व दिन आग्रह गरे।
वडा नम्बर ७ का अध्यक्ष मोती रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारीले गरेका थिए ।
कार्यक्रममा वडा नम्बर ७,८९,१० र १२ का महिला स्वास्थ्य स्वयम् सेविका, जनप्रतिनिधि, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।




