१९ मंसिर २०८२, शुक्रबार

कर्णालीको भगालो कुलरियामा डुवेर तीनको मृत्यु




टीकापुर, कात्तिक ७ गते/ कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवास्थित कर्णाली नदीको भगालो रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीनजनाको ज्यान गएको छ।

शुक्रबार मृत्यु हुनेमा जुम्ल्याहा दिदीबहिनीसमेत छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं तथा जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो।

निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए।

प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो। तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार