प्रदेश सभा सदस्यका लागि सामाजिक सञ्जाल व्यवस्थापन कार्यक्रम

धनगढी/ एनडिपी संसद सहयोग परियोजना अन्तरगत सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला तथा सिमान्तकृत समूदायको प्रतिनिधित्व गर्ने सांसदहरुको क्षमता अभिवृद्धी कार्यक्रम भएको छ ।
यससक्रममा धनगढीमा असोज २६ र २७ गते दुई दिने तनाव व्यवस्थापन, सामाजिक संजालको आवश्यकता र चुनौती तथा वर्तमान देशको राजनैतिक अवस्था र यसको प्रभावको वारेमा छलफल भएको थियो ।
पूर्वमन्त्री सन्तोष शर्मा थापाले कार्यक्रमले केवल ज्ञान मात्र दिएन, आत्म विश्वास पनि बढायो, राजनीतिक अस्थिरता र बदलिदो परिस्थितीमा कसरी आत्मसंयम राख्ने भन्ने सीपले हाम्रो निर्णय क्षमता सुदृढ बनाउछ भनिन । यो दुई दिनको वसाई मा तनाव व्यवस्थापन, सामाजिक संजालको आवश्यकता र चुनौती तथा वर्तमान देशकको राजनीतिक अवस्था र यसको प्रभाव सम्वन्धि विविध आयाममा छलपल भएको छ यसले आगामी दिनमा अघि बढ्न सहयोग गर्नेछ भन्ने आशा लिएको पनि उनले बताइन ।
पूर्वमन्त्री लक्ष्मी विकले सन्तुलित सोच, ध्यान अभ्यास र समय व्यवस्थापन जस्ता सीपहरुले हाम्रो दैनिकी सजिलो बनाउन सहयोग गर्छ भन्ने सिकाई भयो भने सामाजिक संजालको आवश्यकता र चुनौतीलाई विश्लेषण गर्ने सकरात्मकतामा बढी जोड दिनु पर्ने तथा समाजिक संजालको प्रयोग सामाजमा सकरात्मक परिवर्तनको लागि प्रयोग गर्नुपर्ने र आफू सँधै चनाखो हुनु पर्ने बताइन।
कार्यक्रममा प्रदेश सभा सदस्य जानकी पौडेल कुँवरलेभनिन कार्यक्रमले व्यक्तिगत र व्यवसायिक जीवनमा तनाव कसरी नियन्त्रण गर्ने भन्ने विषयमा व्यवहारिक दृष्टिकोण दियो र संसदमा काम गर्दा आउने दबाब, आलोचना र जन अपेक्षाको वीचमा आफूलाई सन्तुलित राख्ने कला सिक्न पनि पाइयो ।
अर्का प्रदेश सभा सदस्य तुलसी देवकोटालेदुई दिनको सत्रहरु अत्यन्त सान्र्दभिक र प्रभावकारी भएको बताइन। उनले अहिलेको राजनैतिक परिस्थितीमा महिला सांसदहरुले सामाना गर्ने पर्ने चुनौतीहरु वारे गहिरो छलफल भएको बताइन। सामाजिक संजालमा कसरी सकरात्मक सन्देश प्रवाह गर्ने र जनताको विश्वास कसरी जित्न सकिन्छ भन्ने कुरा सिक्दा आत्म विश्वास थपिएको धारणा पनि उनले राखिन ।
प्रदेश सभा सदस्य इन्दिरा गिरीले समय समयमा हुने यस्ता क्षमता अभिवृद्धीका कार्यक्रम अत्यन्तै उपयोगी रहेका छन । सामाजिक संजालले अवसर साथै चुनौती पनि ल्याएको छ । त्यसलाई सही ढंगले प्रयोग गर्ने सीप सीक्न पाउनु सुखद भएको अनुभव ससुनाइन ।
कार्यक्रममा फाया नेपालका अध्यक्ष गोमा आचार्यले स्वागत मन्तव्य राखेकी थिइन । भने बह्माकुमारी राजयोग सेवा केन्द्रको हिरा दिदी
झंकरवहादुर कँवर र लालबहादुर महराले कार्यक्रमको सहजीकरण गरेका थिए ।




