१९ मंसिर २०८२, शुक्रबार

कैलाली उवासंघको नेतृत्व ओझालाई, दुबै प्यानलको साझा उपस्थिति



धनगढी, असोज २६ / कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्ष पदमा पुष्करराज ओझा विजयी भएका छन्। उनले प्रतिस्पर्धी उम्मेदवार रुपेश स्वाँरलाई ६१ मतले पछि पार्दै अध्यक्षता हात पारेका हुन्।

यसपटकको चुनावी परिणामले स्पष्ट बहुमत एकै प्यानलको पक्षमा नजाँदा संघको नेतृत्वमा मिलाजुलो प्रतिनिधित्व देखिएको छ। ओझा प्यानलबाट अध्यक्षसहित तीन उपाध्यक्ष र महासचिव निर्वाचित भए भने, प्रतिस्पर्धी स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भए।

पदाधिकारीमा यस्तो छ समिकरण
– अध्यक्ष पुष्करराज ओझा (ओझा प्यानल)
– वरिष्ठ उपाध्यक्ष केशवराज जोशी (स्वाँर प्यानल०
– उद्योग उपाध्यक्ष लक्ष्मणराज पन्त (स्वाँर प्यानल)
– एसोसियट उपाध्यक्ष मनोज अग्रवाल (ओझा प्यानल)
– वाणिज्य उपाध्यक्ष गगनराज केसी (ओझा प्यानल)
– वस्तुगत उपाध्यक्ष भीमराज ओझा अब्बु (ओझा प्यानल)
– महासचिव दिनेश लम्साल (ओझा प्यानल)
– सचिव प्रकाशकुमार चन्द (स्वाँर प्यानल)
– कोषाध्यक्ष तिलकबहादुर बोहरा (स्वाँर प्यानल)

सदस्यमा विविध प्रतिनिधित्व
सदस्य पदमा १३ जना निर्वाचित भएका छन्। विजयी सदस्यहरूमा शुभशंकर ठाकुर, तेज वम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुवराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मञ्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार