१८ मंसिर २०८२, बिहीबार

जेन–जी समुहको आन्दोलनको प्रभाव– संयुक्त बजार अनुगमननै प्रभावित



धनगढीमा चाडपर्वको समयमा हुने कालोबजारी, महँगी, म्याद नाघेका बस्तुहरुको खुलेआम विक्री वितरण नियन्त्रण लगायत उपभोक्ता अधिकार र उपभोक्ता ठगीको नियन्त्रण गर्न हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमन हुने गर्दछ । तर, यस वर्ष जेन–जी समुहको आन्दोलनका कारण बजार अनुगमन प्रभावकारी रुपमा अघि बढाउन सकिएको छैन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले भदौ २३ गतेदेखि संयुक्त बजार अनुगमन गर्ने कार्यसुचि तयार गरेको थियो । सोही दिन जेन–जी समुहको आन्दोलन चर्कियो । भदौ २३ गते युवाहरुमाथि सरकारको दमन र भदौ २४ गतेका दिन आन्दोलनकारीबाट भौतिक संरचनामा आगजनी, तोडफोड, लुटपाट भयो । आन्दोलनकारीको विद्रोहको निशानामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र मातहातका मन्त्रालय तथा निकायहरु पनि थिए ।


जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय लगायतका ठुलो राजश्व संकलन गर्ने र शान्ति सुरक्षा कायम गराउने निकायहरु प्रदर्शनकारीको निशानामा रहेको थियो । प्रदर्शनले उग्र रुप लिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पनि क्षति व्यहोर्नुपरेको थियो । जसका कारण कार्यालयको नियमित कार्य प्रभावित भएको कार्यालयका प्रमुख सुरेशप्रसाद जैशी बताउँछन ।

उनका अनुसार जेन–जी समुहको आन्दोलनका कारण एक गाडि र तीन मोटरसाइकलमा आगजनी भएको थियो । उनले भने –‘सवारी साधनमा आगजनी भएपछि अहिले बजार अनुगमन प्रभावित भएको छ । २३ गते धनगढीमै बजार अनुगमन भयोे । त्यसयता आन्दोलनले प्रभावित भयो । अहिले फेरी अनुगमन गर्ने पक्षमा छौं । कार्यालयले आफनो ढंगले मंगलबार र बुधबार बजार अनुगमन गरेको छ । तर, संयुक्त बजार अनुगमन हुन सकेको छैन ।’


उनले धनगढी केन्द्रित बजार अनुगमन गर्न सकिने भएपनि समग्र जिल्लाको बजार सम्भावना नदेखिने बताए । कार्यालयले मंगलबार ८ वटा पसल र बुधबार १० वटा पसलमा अनुगमन गरेको थियो । जस क्रममा धनगढीको एक मासु पसलमा मरेको बोइलर कुखुरा विक्री वितरणमा राखेको पाइएपनि नष्ट गराइएको थियो । उनका अनुसार धनगढीमा अहिले दर्ता नगरेका पसलहरू कमै मात्रमा भेटिने, म्याद गुज्रेको सामान पनि विक्री वितरणमा राख्ने संख्यामा कमी आएको छ ।


वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमात्र नभई व्यवसायिक नाप तौल तथा नाप्ने तौलने यन्त्र प्रयोगको गुणस्तर परिक्षण गर्ने कार्यालय गुणस्तर तथा नाप तौल कार्यालय धनगढी, खाद्य स्वच्छताको परिक्षण गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा सवारी साधनमा आगजनी तथा तोडफोड र लुटपाट भएपनि बजार अनुगमन गर्न समस्या भइरहेको कार्यालयहरुको गुनासो रहेको छ ।


कैलाली प्रशासनले चाडपर्व मनाउँदा यी गतिविधि नगर्न अनुरोध चाडपर्व मनाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ । चाडपर्व मनाउने क्रममा हुनसक्ने अवाञ्छित कार्यहरु नियन्त्रण गरी सभ्य, सुरक्षित, मर्यादित तथा शान्तिपूर्वक चाडपर्व मनाउने कार्यमा सहयोग पुगाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरिएको हो ।


जिल्लामा बसेको समन्वयात्मक बैठकले विभिन्न निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लावासी निर्देशानुसार अनुरोध जारी गरेको छ । मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्ने तथा नगराउन प्रशासनले अनुरोध गरेको छ । यस्तै, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनाधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुहरूको ढुवानी, बिक्री वितरण तथा प्रयोग गर्ने वा गराउने कार्य नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।


सवारी साधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा असुल उपर नगर्ने, तथा प्रचलित कानून अनुसारका ट्राफिक नियमहरूको पालना गर्ने, यात्रुलाई कुनै सहयोगको आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा १०० मा सम्पर्क गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

कोही कसैले उपरोक्त विपरीतका कार्य गरे वा गराएमा नजिकैको सुरक्षा निकाय वा प्रहरी इकाईमा जानकारी गराउनु हुन अनुरोध छ,’ प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘माथि उल्लिखित गर्न नहुने क्रियाकलापहरु भए गरेमा प्रचलित कानून बमोजिम प्रभावित कार्यालयहरुकारबाही हुने व्यहोरा समेत निर्देशानुसार सूचित धनगढी– चाडपर्वको समयमा हुने कालोबजारी, महँगी, म्याद नाघेका बस्तुहरुको खुलेआम विक्री वितरण नियन्त्रण लगायत उपभोक्ता अधिकार र उपभोक्ता ठगीको नियन्त्रण गर्न हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमन हुने गर्दछ ।

तर, यस वर्ष जेन–जी समुहको आन्दोलनका कारण बजार अनुगमन प्रभावकारी रुपमा अघि बढाउन सकिएको छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ताजेन–जी समुहको आन्दोलनको प्रभाव– संयुक्त बजार अनुगमननै प्रभावित अनुगमननै प्रभावित कार्यालयहरु कारबाही हुने व्यहोरा समेत निर्देशानुसार सूचित गरिन्छ सूचनामा भनिएको छ

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार