१९ मंसिर २०८२, शुक्रबार

कञ्चनपुरका नाका खुला



कञ्चनपुर/कञ्चनपुरका सीमा नाका खुला गरिएका छन् । जेनजी आन्दोलनका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले यहाँका सीमा नाका भएर भारत प्रवेशमा रोक लगाएको थियो । तर आइतबार दिउँसोदेखि भने सीमा नाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको हो ।


यसअघि आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु सीमा नाका भएर भारत पस्ने खतरा देखिएपछि एसएसबीले नाकामा कडाइ गर्दे नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएको थियो ।

आइतबारदेखि भने नेपाली नागरिकता सहित नेपालीहरूलाई भारत प्रवेश खुला गरिएको छ । नाका खुलेसँगै यहाँका नाकाभएर औषधी उपचार गर्न, आवश्यक खाद्यान्न सामाग्री खरिद गर्न र रोजगारीका लागि भारत जानेलाई सहजता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार