१९ मंसिर २०८२, शुक्रबार

जेन–जी आन्दोलन: मृत्यु संख्या ३० पुग्यो, एक हजारभन्दा बढी घाइते



काठमाडौं/ जेन–जी आन्दोलनको क्रममा हालसम्म ३० जनाको ज्यान गएको छ भने एक हजारभन्दा बढी नागरिक घाइते भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार मुलुकभरिका २९ वटा अस्पतालमा उपचार गराइरहेका वा भइसकेका बिरामीमध्ये ३० जनाको मृत्यु भइसकेको पुष्टि भएको हो।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले विभिन्न अस्पतालहरूसँगको समन्वयमार्फत प्राप्त जानकारी अनुसार हालसम्म १,०६१ जना घाइतेको उपचार भएको जानकारी दिएका छन्। तीमध्ये २७४ जना अझै अस्पतालमा भर्ना छन् भने ७१९ जना उपचारपछि घर फर्किसकेका छन्। ५६ जना बिरामीलाई अवस्था गम्भीर भएपछि एक अस्पतालबाट अर्को अस्पतालमा सारिएको पनि जनाइएको छ।

कुन अस्पतालमा कति मृत्यु?

  • निजामती कर्मचारी अस्पताल: ६ जना
  • राष्ट्रिय ट्रमा सेन्टर: ८ जना
  • एभरेष्ट अस्पताल: ३ जना
  • काठमाडौं मेडिकल कलेज, सिनामङ्गल: २ जना
  • त्रिवि शिक्षण अस्पताल: १ जना
  • फ्रन्टलाइन अस्पताल: ३ जना
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान: २ जना
  • भेरी अस्पताल: ५ जना

हालसम्मको उपचार विवरण

अहिले पनि विभिन्न अस्पतालहरूमा २०१ जना घाइतेको उपचार भइरहेको छ। प्रमुख अस्पतालहरूको अवस्था यसप्रकार छ:

  • निजामती कर्मचारी अस्पताल: ४८ जना
  • ट्रमा सेन्टर: ५८ जना
  • वीर अस्पताल: २० जना
  • त्रिवि शिक्षण अस्पताल: २५ जना
  • काठमाडौं मेडिकल कलेज: २४ जना
  • वीरेन्द्र सैनिक अस्पताल: २६ जना

सबैभन्दा बढी घाइतेको उपचार निजामती कर्मचारी अस्पताल (४३६ जना), ट्रमा सेन्टर (१६१ जना), र एभरेष्ट अस्पताल (१०९ जना) मा भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार