एमालेको विधान महाधिवेशनमा कर्ण थापाले फरक मत पेश गर्ने पाएनन्

गोदावरी (ललितपुर) / नेकपा (एमाले) को विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पेश गर्न चाहेको फरक मत प्रस्तुत गर्न रोक लगाइएको छ ।
थापाले महाधिवेशनको औपचारिक सत्रमा आफ्ना धारणा प्रस्तुत गर्न चाहेका थिए तर अध्यक्ष केपी शर्मा ओलीले हलमा होइन, समूहमा राख्नुहोस भन्दै सार्वजनिक रूपमा राख्न नदिएको स्रोतले जनाएको छ। थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित विषय र ७० वर्षे उमेरहद हटाउने प्रस्तावबारे फरक मत तयार पारेका थिए।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पनि थापालाई समूह छलफलमै आफ्ना विचार राख्न भनिएको पुष्टि गरे। उनले भने, उहाँलाई रोकिएको होइन, तर औपचारिक सत्रमा होइन, समूहमा कुरा राख्न भनिएको हो।
थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ भने अहिले १० वटा समूहमा विधान संशोधनसम्बन्धी छलफल चलिरहेको छ।
थापाको फरक मतमा विशेष गरी तीन बुँदामा असहमति जनाइएको छ
१ – विद्यादेवी भण्डारीको सदस्यता रोक्ने प्रस्ताव,
२ – ७० वर्षे उमेर सीमा हटाउने व्यवस्था,
३-विधानमा केन्द्रीय समितिका सदस्यहरूको चयन प्रक्रिया।
थापाको ३२ पृष्ठ लामो फरक मत भने विधान महाधिवेशनका प्रतिनिधिका विचमा वितरण गर्न भने दिइएको छ ।




