१९ मंसिर २०८२, शुक्रबार

पुर्नवासमा सशस्त्र प्रहरीको ‘विओपी’ उद्धघाटन




पुनरवास/ कञ्चनपुरको सीमावर्ती क्षेत्र पुर्नवासमा सशस्त्र सशस्त्र प्रहरी बल नेपालको वोर्टर आउट पोष्ट (विओपी) स्थापना भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले पुर्नवास नगरपालिकाको वडा नम्बर ८ स्थित कंकडमा नवनिर्मित ‘विओपी’ भवनको शनिवार औपचारिक उद्धाटन गरे ।


भवनको उद्धघाटन गर्नुहुँदै मन्त्री सार्कीले दशगजा क्षेत्रमा विओपीको भवन निर्माणको माग भइआएबमोजिम मन्त्रालयले भवन निर्माणका लागी सहयोग गरेको बताए । सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त पार्न मन्त्री सार्कीले आग्रह गरे ।


स्थानीय सिद्दराज ओझाले कंकडमा विओपी स्थापना गर्न १० कठ्ठा जग्गा उपलब्ध गराएका थिए । स्थानीयले ओझाले यहाँ उचित रूपमा सुरक्षा व्यवस्था कायम होस् भन्नका निमित्त आफुले जग्गा उपलब्ध गराएको बताए ।


“ मसंग धेरै जमिन भएर दान दिएको होइन उनले भने, यस क्षेत्रको सुरक्षा होस, सीमाबाट हुने तस्करी नियन्त्रण आओस् भन्नका लागि जग्गा दान गरेको छु ।”


जग्गा पाएपछि तीन कोठे विओपी भवन निर्माण गरिएको छ । कानुन मन्त्रालयको ४५ लाख रुपियाँको सहयोगमा गत आर्थिक वर्षमा भवन निर्माण भएको कार्यक्रमका सभापति तथा मन्त्रालयका निमित्त सचिव आमोद दाहालले बताए ।


सो अवसरमा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रदीपकुमार पालले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लिन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।


मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरेर सशस्त्र प्रहरीले संवेदनशील भएर काम गरिरहेको उनले बताए ।


कंकडमा नयाँ भवन उद्दघाटन गरिएपछि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, लागू औषध नियन्त्रण, अवैध कारोबार जन्य गतिविधि नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार