आगामी चुनावमा बहुमत ल्याउने लक्ष्य छ

धनगढी/ नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आगामी निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने गरेर काम गर्न कार्यकर्तालाई काम गर्न आग्रह गरेका छन् ।
नेकपा (एमाले) र काग्रेसबाट देशको विकास, समृद्वी र समाजबाद निर्माण सम्भव नभएको बताउदै उनले पार्टीको अबको लक्ष्य २०८४ सालको निर्वाचनमा सरकारमा पुग्ने रहेको बताए ।
नेता गौतम समाजवादी पार्टीमा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्न कैलाली आएका छन् ।
सो क्रममा शनिबार धनगढीमा समाजवादी पार्टीको जिल्ला कमिटी कैलालीका बैठकलाई सम्बोधन गर्दे उनले उल्लेखित कुरा भनेका हुन
देशमा समाजवाद ल्याउन एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने उनको भनाई थियो ।




