१९ मंसिर २०८२, शुक्रबार

भारत चीनको सहमतिमा डा. रावलको आपत्ति




धनगढी/ पूर्वउपप्रधान रक्षा तथा गृहमन्त्री डा. भीमबहादुर रावलले नेपाली भूमिमाथि चीन र भारतले गरेको सहमतिप्रति कडा आपत्ति जनाएका छन् ।उनले विगतमा प्रधानमन्त्री र परराष्टमन्त्री भारत तथा चीन भ्रमण तथा भारत, चीनका प्रतिनिधिले नेपाल आउदा पनि त्यो विषयमा कुनै कुरा नगरेको देखिएको समेत बताएका छन् ।

उनले नेपालको अखण्डताको रक्षामा लाग्न सरकारलाई आग्रहसमेत गरेका छन् । रावलले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै नेपाली भूमिलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने कुरा नेपालको हित, स्वाधिनताको पक्षमा नभएको बताएका छन्।

उनले विगतका दिनमा समेत उक्त भूमिबारे बहस नभएको भन्दै नेपालका राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितको प्रवर्द्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितको धारमा अगाडि बढाउने माध्यम बनाउनुको सट्टा सत्ता स्वार्थमा लाग्ने प्रवृत्तिले आजको समस्या देखिएको टिप्पणी गरेका छन् ।

उनको टिप्पणी छ विगतका दिनमा समेत उक्त भूमिबारे बहस नभएको भन्दै नेपालका राष्ट्र प्रमुखहरूले मित्र राष्ट्रहरूसँग राष्ट्रिय हितको प्रवर्द्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितको धारमा अगाडि बढाउने माध्यम बनाउनुको सट्टा सत्ता स्वार्थमा लाग्ने प्रवृत्तिले आजको समस्या देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार