१९ मंसिर २०८२, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्काउनेहरु सच्चिन जरुरी




महेन्द्रनगर/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आइतबार कञ्चनपुरको जिल्ला प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्वोधन गर्दे राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन खोज्नेहरु सच्चिनु जरुरी रहेको बताएका छन् ।


महासचिव पोखरेलले राष्ट्रपति र उपराष्ट्रपतिको सम्मानित भूमिका अरू भन्दा फरक रहेको बताए । फरक भूमिकामा रहेका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु पार्टी र व्यक्तिको कमीकमजोरी हुने उनले ठोकुवा गरे ।


उनले एमालेले नेकपा (माओवादी) केन्द्रले गरेको कमजोरी अनुसरण नगर्ने बताए । महासचिव पोखरेलले भने उनीहरूले गरेका कमजोरी हटाउन हामीले नैतिक दवाव सृजना गर्नै खालको काम गर्न जरुरी छ ।


उनले नेपाली राजनीति भित्र हुर्किरहेको अवसरवाद र अराजकतालाई एमालेले जित्न सपक्नुपर्नेमा जोड दिए ।


उनले एमालेमा अनुशासन र एकताको जरुरी रहेको बताउदै अवसरवाद र अराजकताले वि.सं. २०७९ को स्थानीय तह प्रदेश र प्रतिनिधि सभाको चुनावमा कञ्चनपुरमा पार्टीले हार बेर्हौनुपरेको स्मरण गरे ।


बैठकलाई केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटव्युरो सदस्यहरु निरुदेवी पाल, राजेन्द्रसिंह रावल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतले सम्वोधन गरेका थिए ।


बैठकमा २६५ जनाको प्रतिनिधिको सहभागिता थियो । बैठकमा अध्यक्ष लक्ष्मीकुमारी बुढाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, सचिव पल्लवराज भट्टले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र राजिव खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार