१९ मंसिर २०८२, शुक्रबार

ज्ञवालीले लिए मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्ष पदको शपथ



काठमाडौं/ मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षमा प्रदीप ज्ञवालीले सोमबार औपचारिक रूपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई शपथ गराएका हुन्।

शपथपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव समेत रहेका ज्ञवालीले प्रतिष्ठानको भावी कार्यदिशा तय गर्न आगामी सोमबार बैठक बस्ने जानकारी दिए। उनले प्रतिष्ठानलाई वैचारिक रूपमा सक्षम बनाउँदै योग्य उत्तराधिकारी तयार पार्ने दिशामा काम अघि बढाइने बताए।

ज्ञवालीले प्राविधिक शिक्षा प्रभावकारी बनाउने, एकेडेमिक एक्सलेन्स (शैक्षिक उत्कृष्टता) को केन्द्रका रूपमा प्रतिष्ठानलाई विकास गर्ने लक्ष्यसहित योजनाहरू अघि सारिने उल्लेख गरे।

उनका अनुसार, प्रतिष्ठानले मदन भण्डारी र जीवराज आश्रितका विचारलाई संस्थागत गर्दै नयाँ पुस्तामा वैचारिक चेतना विस्तार गर्ने काममा सक्रिय भूमिका निर्वाह गर्नेछ।

शपथ कार्यक्रममा प्रतिष्ठानका अर्का सदस्य सुरेश चापागाईंले पनि पद तथा गोपनियताको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार