१९ मंसिर २०८२, शुक्रबार

एमाले बाजुरा जिल्ला कमिटीको सातौं पूर्ण बैठक सम्पन्न




मार्तडी/ नेकपा (एमाले), बाजुरा जिल्ला कमिटीको सातौं पूर्ण बैठक अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा शुक्रबार भएको छ। बैठकको प्रमुख अतिथि जिल्ला इन्चार्ज एवम् केन्द्रिय कमिटी सदस्य कमरेड लालबहादुर थापा रहेका थिए।


प्रतिनिधि सभा इन्चार्ज एवम् केन्द्रिय कमिटी सदस्य कमरेड सहदेव बोगटी बैठकको अतिथि थिए । बैठकमा प्रदेश कमिटी सदस्य एवम् बडीमालिका नगरपालिका इन्चार्ज कमरेड गगनबहादुर रावल र गौमुल गाउँपालिका इन्चार्ज कमरेड कलकबहादुर सिंह बैठकको अथिति थिए ।


सबै पालिका इन्चार्ज कमरेडहरुलाई बैठकमा आमन्त्रण गरिएको भए पनि सात जना अनुपस्थित रहेको बताइएको छ ।


बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, सचिवबाट प्रस्तुत साङ्गठनिक कामको प्रतिवेदन माथि छलफल गरेर पारित ग¥यो । जिल्ला लेखा कमिटीका अध्यक्ष बृजनबहादुर शाहीद्वारा प्रस्तुत कमिटीको आ।व। २०८१र०८२ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनका आधारमा केन्द्रिय लेखा आयोगबाट अन्तिम लेखापरीक्षण गराउने गरी पारित गरेको छ । पार्टीको केन्द्रिय कमिटीद्वारा जारी गरिएको अन्तर पार्टी निर्देशन १२ को बिस्तृत जिल्ला कमिटी सचिव काँशीबहादुर विकले बैठकमा प्रस्तुत गरे ।


आगामी विधान महाधिवेशन २०–२२ भदौमा पेश गर्न स्थानीय कमिटी र पार्टीका सदस्यहरुको सुझाबका लागि केन्द्रिय कमिटीबाट प्रस्तुत पार्टीको विधान संशोधनको तीन महले मस्यौदा जिल्ला कमिटी उपाध्यक्ष जनककुमार बोहराले बैठकमा प्रस्तुत गरे । यी दुवै अभिलेखहरु अध्ययन गरी विधान संशोधन माथि सुझाब ल्याउने निर्देशनका साथ तीन अगाडि नै जिल्ला कमिटी सदस्यहरुको संयुक्त व्हाट्सएप समुहमा पनि राखिएको थियो । पार्टीको वित्त तथा कोष व्यवस्थापन विभागका सचिव गोरखबहादुर बोहराले जिल्ला कमिटीको आ.व. २०८२ र ०८३ को आर्थिक योजना बैठकमा प्रस्तुत गरे।


बैठकमा उपस्थित सातवटा पालिका कमिटीका अध्यक्ष र वडा इन्चार्जहरुबाट आफ्नो कमिटीको विगत दुई महिनाको अवधिमा भएका राजनीतिक काम, पार्टी र जनताको अन्तर सम्बन्ध, पालिकाको राजनीतिक सन्तुलन समेत समेटिनेगरी तोकिएको प्रतिवेदन ढाँचामा प्रतिवेदन पेश गर्ने समय उपलब्ध गराइएको थियो ।

सो प्रतिवेदनका साथै बैडकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक प्रतिवेदन, अपानि, विधान संशोधनको मस्यौदा, आर्थिक प्रस्तावमा समेत आ–आफ्नो राय, सुझाब राख्न समय उपलब्ध गराइयो ।

उपस्थित सदस्यहरुले आ–आफ्नो प्रतिवेदन पेश गरिसके पश्चात पार्टीका स्थानीय विकास विभाग, सहकारी तथा गरिबी निवारण विभाग, विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभाग, शिक्षा तथा मानवस्रोत विभाग, कृषि तथा पशुपंक्षी विकास विभाग, वन तथा वातावरण विभाग, युवा तथा खेलकुद विभागमा सदस्यहरुको मनोनयन बैठकका अध्यक्षले प्रस्ताव गरे। प्रकोप जोखिम न्युनिकरण तथा पूर्व तयारीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने प्रस्ताव माथि बैठकमा छलफल भएको जनाइएको छ ।


बैठकमा उपस्थित भूगोलको जिम्मेवारी नरहनुभएका सदस्यहरुबाट बैठकमा प्रस्तुत प्रतिवदन, अपानि, विधान संशोधनको मस्यौदा माथि सुझाब राख्ने समय पनि उपलब्ध गराइएको थियो । बैठकमा उपस्थित सदस्यहरुले प्रस्तुत गर्नुभएका रायहरु समेत समेटेर बैठकका कार्यसूचीमा भएका निर्णयहरु अध्यक्षले निर्णयार्थ बैठकमा पेश गरे।

निर्णयहरु पारित भैसकेपछि साउन २५ गते देखि भदौ १० गतेसम्म पालिकास्तरमा प्रशिक्षण संचालन गर्ने, प्रस्तावित विधान संशोधनको मस्यौदा माथि वडा इन्चार्जहरुले आ–आफ्ना वडा कमिटीमा छलफल गराइ २०८२ भदौ ५ गतेभित्र सुझाब संकलन गरी जिल्ला कमिटीमा पठाइसक्नुपर्ने समय तालिका बारे जानकारी गराए ।

बैठकमा उपस्थित जिल्ला इन्चार्ज लालबहादुर थापा, प्रतिनिधि सभा इन्चार्ज कमरेड सहदेव बोगटी, प्रदेश कमिटी सचिवालय सदस्य एवम् बडीमालिका नगरपालिका इन्चार्ज कमरेड गगनबहादुर रावलले पार्टीका योजना, निर्णय, विधान संशोधनको आवश्यकता र महत्व, पार्टी कमिटीले गर्नुपर्ने कार्यसम्पादन लगायतका विषयमा प्रस्तुति राखे।

बैठकका अध्यक्ष लालबहादुर ओलीले बाजुरामा पार्टीका एकता कायम राखिराख्न, मिसन ८४ सफल पार्न नेता र कार्यकर्तामा हुनुपर्ने हार्दिकता, क्रियाशीलता, पार्टी सबलीकरणका लागि जिल्ला कमिटी सदस्यहरको भूमिका बारे स्पष्ट पार्दै बैठक समापन गरे ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार