नाउपामा शक्ति संघर्ष चुलियो, कार्यवाहक अध्यक्ष नियुक्तिपछि नेतृत्व द्वन्द्व सतहमा

काठमाडौं/ नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्र पछिल्लो कार्यवाहक अध्यक्ष नियुक्तिपछि शक्ति संघर्ष झन् चुलिएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्। तर, पार्टीभित्र यो कदमलाई आन्तरिक शक्ति सन्तुलन बिगार्ने रणनीति भनेर आलोचना गर्न थालिएको छ।
पार्टीभित्रका बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार बैठक बोलाउन दिएको २४ घन्टे अल्टिमेटमकै बीच आएको यो निर्णयले नेतृत्व संकट झनै गहिरिएको संकेत देखिएको छ। घुष प्रकरणममा रन्जिताको नाम समेत जोडिएपछि गुटवन्दीमा रहेको सो पार्टीमा झन ससमस्या आएपछि २४ घण्टे अल्टिमेटम दिइएको थियो ।
पार्टीका केही नेताहरूले कार्यवाहक अध्यक्ष नियुक्तिलाई एकल निर्णयु भन्दै त्यसविरुद्ध गम्भीर असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनीहरूले यो निर्णयलाई लोकतान्त्रिक प्रक्रियाको उल्लंघन बताउदै अध्यक्ष श्रेष्ठले आफैंले पद खाली गर्नुपर्ने माग गरिरहेका छन्।
यसैबीच, कार्यवाहक अध्यक्ष बनेका शिव बास्तोलाले भने पार्टीलाई एकतावद्ध राख्ने प्रतिबद्धता जनाउँदै सबै पक्षसँग संवादमा बस्ने तयारी थालेका छन्। उनले आइतबार एक अनौपचारिक छलफल आह्वान गर्ने बताइएको छ।
पार्टी फुटतिर उन्मुख हुने
राजनीतिक विश्लेषकहरू नाउपाको हालको गतिबिधिलाई हेर्दा नेतृत्वले गम्भीर आन्तरिक छलफलको बाटो नलिए पार्टी दुई धारमा विभाजित हुन सक्ने खतरा देखिरहेका छन्। विशेषतः अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष बास्तोला समूहबीच बढ्दो दूरीले पार्टीको आगामी रणनीति र निर्वाचन तयारीमा समेत असर पार्ने संकेत देखिएको छ।
अबको बाटो के
अब हेर्नुपर्ने कुरा के हो भने कार्यवाहक अध्यक्ष बास्तोलाले पार्टीलाई कसरी सम्हाल्छन् र अध्यक्ष श्रेष्ठले आफ्नो स्वास्थ्य पछि नेतृत्वमा फर्किनेछिन् वा नेतृत्व हस्तान्तरण गर्नेछिन् भन्ने हो। नाउपाका कार्यकर्ता र शुभेच्छुकहरू भने पार्टी स्थायित्व र स्पष्ट नेतृत्वको पर्खाइमा छन्।




