बाजुराको हिमालीमा जीप दुर्घटना दुई जनाको मृत्यु, १२ बढी घाइते

बाजुरा/ हिमाली गाउपालिका ५ किउडीबाट धुुलाचौर जान थालेको जीप बिहीबार टुनीगडामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सो दुर्घट्नामा १५ जना बढी घाईते भएका छन् ।
मृत्यु हुनेमा हिमाली गाउपालिका ५ की ७६ वर्षीया बाचा रोकाया र सोही गाउँकी ७५ वर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय अमलाल कार्की अनुसार किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा. प्र. ०३००१ ज ८ नम्बरको जीप दुर्घटना भएको हो ।
जीपमा सवार यात्रुको ऐकिन संख्या र घाइतेको विवरण आउन बाँकी रहेको छ ।
प्रहरी टोली दुर्घटना स्थलतिर गइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए ।




