सुदूरपश्चिमका मुख्यमन्त्री देउवाको दैलोमा

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। शनिबार बूढानीलकण्ठस्थित निवास बाहिर पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन्।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ। शुक्रबार मात्रै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टीले फिर्ता लिने निर्णय गरेको थियो।
उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा भने छैन। यद्यपि सरकार दुई तिहाईबाट बहुमतमा सिमित बनेको छ।