२ श्रावण २०८२, बिहीबार

रेशमलालले झिके सुदूरपश्चिमको शाह सरकारलाई दिएको समर्थन



धनगढी: रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शुक्रबार एक बैठकले निर्णय गर्दै नाउपाले समर्थन फिर्ता लिएको हो।

यता संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

सरकारबाट फिर्ता हुने निर्णय बारेको पत्र मुख्यमन्त्रीले बुझाइने उनले बताए। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। त्यसपछि नाउपाले यो निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार