२ श्रावण २०८२, बिहीबार

सिजाङ सम्बन्धी सांस्कृतिक उत्सव सम्पन्न



काठमाडौ/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा नेपालमा पहिलो पटक आयोजित चीनको सिजाङ सम्बन्धी सांस्कृतिक उत्सव’ सोमबार सम्पन्न भएको छ ।

साङ्गीतिक प्रस्तुतिसँगै सम्बन्धी सांस्कृतिक उत्सवमा चीन सिचाङ प्रतिनिधिमण्डलका प्रमुख तथा चीनको सिचाङ अन्तर्राष्ट्रिय संस्कृति सङ्घका उपाध्यक्ष लुओ जुनले चीनको सिजाङ र नेपालबिच सांस्कृतिक आदानप्रदान प्रवर्ध्दन यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

उत्सवले छोटो अवधिको भए पनि यसले राम्रो प्रतिक्रिया पाएको छ उनले भने कार्यक्रमबाट सिजाङ र नेपालबिचको सांस्कृतिक आदानप्रदानमा एक जीवन्त र महत्वपूर्ण अध्याय थप्ने काम भएको छ ।

नेपालका लागि चीनका राजदूत चेन सोङले छोटो अवधिको भए पनि उत्सवको प्रभाव दूरगामी भएको बताउदै सिजाङ फोटो प्रदर्शनी र सांस्कृतिकलगायतका गतिविधिहरूले मित्रताको पुल निर्माण गरेको बताए।

लुम्बिनी विकास कोष नेपालका उपाध्यक्ष डा। ल्हारक्याल लामाले चीन र नेपालको भाषा फरक भए पनि सांस्कृतिक विषयवस्तु प्रायः मिल्ने गरेको उल्लेख गरे । सो अवसरमा ‘सिजाङ झयाल’ को अनावरण पनि गरिएको थियो । उत्सवमा चीनको सिजाङ फोटो र भिडियो प्रदर्शनी पनि गरिएको थियो ।

सो अवसरमा थारु सस्कृतिका झाकी प्रस्तुत गरिएको थियो । यसअघि आइतबार राष्ट्रिय सूचना आयोगका आयुक्त गगन विष्ट, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल र सिजाङको सम्वन्ध र पत्रकारिता बारे चर्चा गरेका थिए ।

यसअघि शनिबार राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले “अ विन्डो टु चाईना सिजाङ” कार्यक्रमलाई सम्बोधन गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार