धनगढी उपमहानगरको दुई अर्ब ५६ करोडको बजेट पारित

धनगढी/ धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। शनिबार बसेको नगर सभाबाट दुई अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट पारित भएको हो।
धनगढीले चालु आर्थिक वर्षको बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपियाँ अर्थात् १७.२२ प्रतिशतले बजेट वृद्धि गरेको छ।
धनगढीले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार ६४० रुपियाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २९२ रुपियाँ पुँजीगततर्फ बजेट विनियोजन गरेको छ। त्यसअनुसार बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव दुई प्रतिशत पुँजीगत बजेट हुन्छ ।

उपमहानगरपालिकाले आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपियाँ संकलन गर्ने लक्ष्य लिएको छ। राजश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार १४३, नेपाल सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार ७४६ रुपियाँ रहेको छ।
यस्तै चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपियाँ बजेट कार्यान्वयन गर्दैछ। उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार ७२२ रुपियाँ खर्च गरेको पनि नगर सभामा जनाइएको थियो ।