१९ मंसिर २०८२, शुक्रबार

संसदीय पत्रकारका लागि क्षमता अभिबृद्धि तालिम




धनगढी/ धनगढीमा दुई दिने क्षमता अभिबृद्धि तालिम भएको छ । सो तालिममा मुख्य रुपमा मोबाइल पत्रकारिता (मोजो) सम्वन्धी प्रशिक्षण भएको थियो । संसदीय मामिलामा रिपोटिङ्ग गर्ने पत्रकारहरुको लागि सो तालिम भएको हो ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयको समन्वय, संसदीय मामिला पत्रकार समाज कैलालीको सहकार्य र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीको आयोजनामा तालिम भएको हो ।

विशेषत टेलिभिजन पत्रकारिता गरिरहेका ३५ जना पत्रकारहरुको सहभागीता रहेको तालिमको समापनमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना, डोटीका कार्यकारी निर्देशक गेहेन्द्र बम, संसदीय मामिला पत्रकार समाज धनगढीका अध्यक्ष प्रकाशविक्रम शाहले धारणा राखेका थिए । तालिमको सहजीकरण शिव पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार