१९ मंसिर २०८२, शुक्रबार

बुढीगंगा नगरपालिकाको विकासका लागि “कचहरी ” शुरु




बाजुरा/ बाजुराको बुढीगंगा नगरपालिकाले पालिकाको विकासलाई तिब्रता दिनका लागि नयाँ खालको शैली अपनाएरको छ ।
सो पालिकाकाले विभिन्न पक्षलाई सहभागी गराएर विकासका लागि विकास “कचहरी ” आयोजना गरेको हो ।

शनिबार शुरु भएको तीन दिने विकास “कचहरी ” को सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे ।
“कचहरी ” मा बाजुराबाट प्रतिनिधित्व गर्ने सङ्घ, प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेशको नीति आयोग , विकासे संस्थाका अगुवाहरुको सहभागिता छ ।

नगर प्रमुख रामबहादुर बाँनियाले विकासका लागि “कचहरी ” आयोजना गर्नुको अर्को कारण राजनीतिक दललाई एकताबद्ध बनाएर विकास कार्यमा जुट्नु पनि भएको बताए । सोही रणनीति अनुसार विकास “कचहरी ” मा नेपाली कांग्रेसबाट ०४८ सालको प्रतिनिधि सभा सदस्य, २०६४ को संविधान सभा सदस्य र सुदूरपश्चिम प्रदेश प्रमुख भइसकेका देवराज जोशी, एमालेबाट ०७० को संविधान सभा सदस्य तथा तत्कालिन उद्योगमन्त्री कर्णबहादुर थापा, एमालेबाटै ०५४ का जिल्ला विकास समितिका सभापति तथा ०७४ प्रतिनीधि सभा सदस्य लालबहादुर थापा, प्रदेशका पूर्वमन्त्री पठानसिंह बोहरा, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैशी, लगायतका दल, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन् ।

यस्तै गरेर संविधान सभा सदस्य पेम्वा शेर्पा भोटे, पूर्व प्रदेश सभा सदस्यहरु बलदेव रेग्मी, देवकी मल्ललगायतको सहभागिता छ । भने हालका प्रदेश सभा सदस्यहरु नरेश शाही, पदमबहादुर शाही, प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह, बुढीगंगाका पूर्व नगरप्रमुख दीपकबहादुर शाह लगायतको पनि पछिल्ला दुई दिनमा सहभागिता हुने जनाइएको छ ।

हामीले “कचहरी ” मार्फत आगामी बजेटका सन्द्र्धभमा मात्र होइन बुढीगंगालाई २० वर्षपछि कस्तो बनाउने भन्ने बारेमा पनि छलफल गर्छो नगरप्रमुख बाँनियाले बताए । विकास “कचहरी ” मा स्थानीयले सक्रियरुपमा सहभागिता जनाएर सल्लाह, सुझाव दिइरहेका छन् ।

बुढीगंगाको विकास “कचहरी ” मा शिक्षा तथा मानव संसाधन, स्वास्थ्य सरसफाई तथा स्वच्छता, कृषि तथा पशुपालन, प्राकृतिक स्रोत, पर्यटन, विकास र विपद्, भौतिक पूर्वाधार, सूचना प्रविधि, शुसासन, सामाजिक अभियान, तथा सशक्तिरण बारे अवधारणा पत्र प्रस्तुत गरिएको छ ।

विकास “कचहरी ” ती विषयमा छलफल गरेर कार्यक्रमको अन्तिम दिनमा आगामी कामको बारेमा घोषणा पत्र जारी गरिने प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार