३० चैत्र २०८१, आईतवार

पूर्व राजाले अराजकता मचाउने काम गरे : एमाले उपाध्यक्ष ज्ञवाली




धनगढी/ नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले राजा फर्काउछौ भन्नु र वीरेन्द्र शाहको वंश फर्काउछौ भन्नु एउटै रहेको बताएका छन् ।

एमाले सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको विशेष सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले राजा फर्कने कुनै सम्भावना नरहेको बताए ।

उनले केही मण्डलेहरु भएको विकासलाई समेत पछाडि धकेल्ने कुचेस्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्वीकार्न नसक्ने दावी गरे ।

राजाको शासन र जनताको शासनबीच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञवालीले राजाले जनतामाथि दमन बाहेक केही नगरेको बताए ।

फेरि पूर्व राजाले जनभावना विपरित बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उनले जनमतको कदर गर्न आग्रह गरे ।
राजाको कालमा कति बाटा पक्की थिए, अहिले कति छन् उनले भने “राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन्, यि कुरा हेर्नुस, त्यसैले राजा फर्काउनु भनेको पक्की भएका बाटापनि कच्ची नै बनाउनु सरह हो, पाएका अधिकार पनि सबै गुमाउनु सरह हो, राजा भन्दै हिड्ने मण्डलेका पछाडि नलाग्न समेत उनले आग्रह गरे ।

विशेष सभालाई पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली, सचिव लेखराज भट्ट, स्थायी कमिटी कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य नादरमुनी राना, निरुदेवी पाल, शान्ता चौधरी,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार