सुदूरपश्चिम प्रदेशका वनमन्त्री चौधरीको घुस लिने सम्वन्धी अडियो सार्वजनिक

धनगढी/ सुदूरपश्चिम प्रदेशको दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रीपरिषदबाट पास गरि कार्यान्वयन गर्न ठूलो आर्थिक चलखेल गर्ने योजना सार्वजनिक भएको छ । सो योजना बनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी समेत संलग्न भएको अडियो अनुमोदन खबरलाई प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले सो कार्यविधि पास गर्ने लागेको छ । लामो समयदेखि वनमा रहेका ढलापडा काठ व्यवस्थापन गरेर ठुलो धनरासी कमाउने चलखेल चलिरहेका वेला अब यो कार्यविधि पास पछि त्यो चलखेल सफल हुने देखिन्छ ।
सो कार्यविधि निर्माण गरेको मन्त्री चौधरी सहित सचिवालयका कर्मचारी र केही वन माफियाबिच दिगो वन व्यवस्थापन कार्यविधि निर्माणका लागि आर्थिक चलखेल भएको अडियो प्राप्त भएको छ ।
सो अडियो अनुसार विभागिय मन्त्री चौधरीदेखि मुख्यमन्त्री र नागरिक उन्मुक्तिका केन्द्रीय नेतालाई समेत यो कार्यविधि पास गर्न आर्थिक हिस्सा दिनुपर्ने उल्लेख छ । अडियो अनुसार एक जना अपरिचित व्यक्तिले मन्त्रीलाई यो कार्यविधि चाँडै तयार गरि पास गर्न आग्रह गर्दछन ।
मन्त्री चौधरी पनि आइतबारसम्म फाईनल गर्ने बताउछन तर फेरि ती अपरिचित व्यक्तिले शनिवार भएपनि वोलाएर टुङ्ग्याउन आग्रह गर्छन त्यसपछि मन्त्री पनि त्यसै गर्ने बताउछन ।
मन्त्री चौधरीले २५ देखि ३० चाहिने बताउछन । जसमा पाँच मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताउँछन । त्यो रकम करोड हो या लाख त्यो अडियोमा प्रष्ट खुलेको छैन ।
ती अपरिचित व्यक्ति भन्छन यो ठुलो रकम हो हजुर । मन्त्रीको जवाफ छ के ठुलो हुनु मुख्यमन्त्री, पार्टीका सबैलाई मिलाउनु पर्छ , राजनीति गर्न कहाँ सजिलो छ र ? साथै मन्त्री चौधरी भन्छन काठमाडौ गएर रेशम नभए रञ्जितालाइ भेटेर कुरा मिलाउछु । अडियोमा कर्मचारी सरुवामा पैसा लेनदेनदेखि खाममा डेढ लाख दिनेसम्मका कुरा सुनिएका छन ।
(लेनदेन सम्वन्धी अडियो अनुमोदन खवरडटकमसंग सुरक्षित छ ।)
