अछाम घटना : टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या हत्या

धनगढी/ अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
ती किशोरीको हत्याको प्रमुुख कारण प्रेम सम्बन्ध भएको प्रहरीले अनुसन्धानले देखाएको छ । मृतक इशरा खड्का र पक्राउ परेका मध्येका बुढा थरका नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुुने गरेको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनीबीच टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धसम्म भएको थियो । किशोरको गाउँ ढकारी गाउँपालिका–३ ताली र किशोरीहरुको ढकारी–८ पल्साता गाउँ निक्कै टाढा पर्ने भएका कारण पनि उनीहरुको भेट हुन सकेको थिएन ।
च्याल्त्यार दिन फुपुको घर आएको मौकामा किशोरीसँग भेट्ने योजना अनुसार उनीहरुको जंगलमा भेट भएको थियो । त्यसक्रममा बुढाले फुपुको १० वर्षीय छोरालाई समेत लिएर छिन्ने जंगल पुगेका थिए ।
दिउँसो करिब साढे १२ बजेको समयमा उनीहरु भेट भयो । इशरा र उनीसँग टेलिफोन संवाद हुने बुढा थरका केटाले र चुन्नी (दोपट्टा) साटे । त्यसैबेला अर्का एक किशोरले पनि इशरासँग आफ्नो पनि प्रेमिका भएको बताउँदै विवाद गरेका थिए । त्यसपछि भने इशरा र बुढा थरका किशोर अलि टाढा गएर कुरा गरेको खुलेको छ ।
प्रेम र यौन सम्पर्क अस्वीकार गरेपछि सरस्वतीको हत्या
बुढा थरका केटा र इशरा अलि टाढा गएको मौका छोप्दै फुपु सरस्वतीसँग अर्का किशोरले प्रेस प्रस्ताव राखे । उनले पछि विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटासाट गर्न आग्रह गरे । तर, सरस्वतीले उनको प्रस्ताव अस्वीकार गरिनन् ।
प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले सरस्वतीलाई यौन सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । दिपेशले जबरजस्ती गर्न खोजेपछि उनले प्रतिवाद गरिन् । त्यसपछि दिपेशले ढुंगाले हानेर सरस्वतिका निर्मम हत्या गरेको बयान ती युवाले प्रहरीलाई दिएका छन् ।
ढुुंगा खसेको आवाज आएपछि इशरा र उनका प्रेमी घटनास्थलमा पुगेका थिए । उनीहरुले त्यहाँ सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखे । अर्का किशोरले सरस्वती भीर माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको बताए । तर, इशराले पत्याइनन् र फुपु सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भन्न थालिन ।
र, त्यसपछि इशराको हत्या
घटना बाहिर आउने डरले इशराका प्रेमी र अर्का किशोरले एकाएक इशराको पनि हत्या गर्ने योजना बनाए । सोही योजना अनुसार दुई किशोर मिलेर इशराको पनि निर्मम हत्या गरे ।
हत्या होइन भवितव्य देखाउने प्रयास
दुवै किशोरीको हत्यापछि आत्तिएका ती दुई किशोरले घटनालाई भवितव्य देखाउने उद्देश्यले भीर माथिबाट शव भएको स्थानतर्फ ढुंगा खसालेको प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्यापछि १५ मिटरको दूरीमा तलमाथि सरस्वती र इशराको शव राखेका उनीहरुले सोही स्थानतिर माथिबाट ठूलासाना गरेर दर्जनौ ढुंगा खसालेका छन् । प्रहरीले एकैपटक सोही ठाउँमा धेरै ढुंगा कसरी खसे ? भन्ने सोचले प्रारम्भिक अनुुसन्धान अघि बढाएको थियो ।
तीन जनाले भीर माथिबाट ढुंगा खसालिरहेको प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीको अनुसन्धानले गति लियो । त्यो दिन घटनास्थल वरपर देखिएका मानिसहरुमाथि केरकार गर्ने क्रममा प्रहरीले दुुवै जना किशोरलाई पनि नियन्त्रणमा लिएको थियो ।
गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले घट्नाको दोस्रो दिनम उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये १० वर्षीय नाबालक अनुसन्धानमा सघाएका कारण उनलाई सरकारी साक्षी राखिएको छ । अन्य दुुई जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुुद्दा दर्ता गरेर थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ती दुई किशोरीको माघ ११ गते शुक्रबार गोठालो गएका बेला हत्या भएको थियो । शुक्रबार उनीहरु घर नआएपछि शनिबार जंगलमा खोज्ने क्रममा उनीहरुको शव भेटिएको थियो ।
सो घट्नाको जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबी, सुुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुुक्त टोलीले गरेको अनुसन्धानका गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले शनिबार पत्रकार सम्मेलनमार्फत हत्या घटनामा पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेर विस्तृत जानकारी दिइने बताए ।