२७ माघ २०८१, आईतवार

अछाममा किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा




अछाम/ अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । ढकारी गाउँपालिका वडा नम्बर ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो ।

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएकी उनीहरु त्यही दिनबाट सम्पर्क विहीन थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेलापरेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रहरी र प्रशासनसँग माग गरेको छन् ।

शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन । मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।

शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले दुबै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार