अछामको ढकारीमा दुई किशोरी मृत भेटिए

धनगढी / अछाममा दुई जना किशोरी मृत अवस्थामा भेटिएका छन् ।
ढकारी गाउँपालिका(८ पलसातामा १४ वर्षीय ईश्वरा खड्का र १५ वर्षीय सरस्वती खड्का मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बाख्रा चराउन गोठालो गएका उनीहरू हराएको खबरअनुसार खोजी गर्ने क्रममा मृत भेटिएको बताए ।
घट्ना बारे विभिन्न तरिकाले जानकारी लिने प्रयास थालिएको पनि प्रहरीले जनाएको छ ।