२७ माघ २०८१, आईतवार

थापाले भने डा. रावलसंग संयोगले भेट भएको हो



Screenshot


धनगढी/
एमालेबाट कार्वाहीमा परेका डा. भीमबहादुर रावल र एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापा संगै धनगढी पुगेको विषयमा विभिन्न चर्चा चलेपछि थापाले त्यो संयोग मात्र भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै नेता थापाले जहाजमा डा. रावलसंग संगै परेको कुरा संयोग मात्र भएको बताएका छन् ।

उनले आफू भोलीदेखि बाजुरामा हुने एमालेको पालिका अधिवेशनको लागि बाजुरा जान थालेको पनि बताएका छन् ।

म काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा. भीम रावलसङग भेट भयो । संयाोगले सिट सङगै पर्यो र जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जाला राखे छन । डा. रावल र मेरो आजको यात्रा संयोगमात्रै हो उनले भनेका छन्, यसलाई राजनीतिक दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ ।

हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्यौ । अब हामी आफ्नो आफ्नो बाटोमा हिडेका छौ । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु नेता थापाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार