रावलका पक्षमा र प्रधानमन्त्री ओलीका विरुद्धमा नाराबाजी

धनगढी/ एमालेबाट कारबाहीमा परेपछि पहिलो पटक आफ्नो गृह क्षेत्र सुदूरपश्चिम पुगेका डा. भीमबहादुर रावलको धनगढी विमानस्थलमा भव्य स्वागत भएको छ ।
रावल धनगढीबाट पहाडी जिल्ला डडेल्धुरा र डोटी हुँदै आफ्नो निर्वाचन क्षेत्र अछाम पुग्ने भएका छन् । रावलले आजै गोदावरी नगरपालिकाको अत्तरियाको एक कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् ।
धनगढी विमानस्थलमा भीम रावल जिन्दावाद , महाकाली बेच्ने केपी ओली मुर्दाबाद भन्ने नारा लागेको थियो ।
एमालेबाट कार्वाहीमा परेपछि रावलले मातृभूमी अभियान चलाएर देश दौडाहा गरिरहेका छन् ।