६ पुष २०८१, शनिबार

बाजुरामा ५.२ रेक्टरको भूकम्प



धनगढी/ सुदूरपश्चिम प्रदेशको विकट बाजुरा जिल्लामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको महसुस प्रदेशको अस्थायी राजधानी धनगढीसहित भारतसम्म गरिएको छ ।

जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दु बनाएर बिहान ४.१४ बजे भूकम्प गएको प्रदेश आपतकालिन कार्यसंचालन केन्द्र धनगढीले जानकारी दिएको छ । केन्द्रका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार