६ पुष २०८१, शनिबार

नेपाली पत्रकारका लागि चिनियाँ भाषा कक्षा शुरु




काठमाडौ/ काठमाडौँ विश्वविद्यालय,कन्फ्युसियस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा आजदेखि बालकुमारी ललितपुरमा नेपाली पत्रकारका लागि तीन महिने चिनियाँ भाषा कक्षा शुरु भएको छ ।

सन् २०१९ मा कक्षा सञ्चालनका बखत कोरोना महामारी चलेर बन्द भएर शुरु भएको सो कक्षामा विभिन्न मिडियामा कार्यरत तथा स्वतन्त्र गरी ४० सञ्चारकर्मी सहभागी छन् ।

आज बिहान इन्स्टिच्युटमा आयोजित समारोहमा काठमाडौँ विश्वविद्यालयका प्रवक्ता डा. उद्धव प्याकुर्याल, इन्स्टिच्युटका निर्देशक लि स्वाङछुङ, शिक्षिका चाङ होङ वेई र संयोजक छिउ क्वाङमिन (कृष्ण) ले १८ वर्षअघि स्थापित इन्स्टिच्युटले हालसम्म करिब १०० चिनियाँ भाषा प्रशिक्षक तयार गरेको जनाए ।

उनीहरुले छिमेकी मित्रराष्ट्र चीनलाई उनीहरूकै भाषामा बुझ्न चिनियाँ भाषा आवश्यक भएको समेत औल्याए । सो विश्वविद्यालयमा अध्ययनका लागि अमेरिकी,फ्रेन्च र चिनियाँहरू पनि आउने गरेका छन् ।

मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले कोरोनापछि अनलाइन कक्षा शुरु गरिए पनि पुनः प्रत्यक्ष रूपमा नै चिनियाँ भाषा शुरु गरिएको बताए । उनले नेपालमा करिब ५० जना चिनियाँ भाषा शिक्षक बर्सेनि आउने गरेको जानकारी दिए । उनले भने, “चिनियाँ भाषा सिकी पर्यटकलाई पथप्रदर्शन गर्न सकिन्छ । यसमा अब्बल बनेर चीन गएर पिएचडी पनि गर्न सकिन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको एउटा उपलव्धी स्वयंसेवी चिनियाँ भाषा शिक्षकबारे सम्झौता हुनु पनि हो । त्यसको पहिलो अवसवर पत्रकारलाई प्राप्त भएको छ अध्यक्ष श्रेष्ठले भने । हाललाई पत्रकारका लागि सञ्चालित कक्षा एचएसके तीन सम्म र आवश्यक परे छ महिना तथा चीनमा पनि लगेर पढाउन सकिने जनाइएको छ ।

हाललाई यो कक्षा प्रत्येक मङ्गलवार,बिहिवार र शुक्रवार बिहान ८ः ३० देखि १० बजेसम्म सञ्चालन हुनेछ ।

चिनिया भाषा कक्षाका केही झलकहरु तस्बिरमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार