प्रदेश सभाको विद्यायन समितिले विद्ययेक बारे सुझाव लिदै
डोटी/ सुदूरपश्चिम प्रदेश सभाको विद्यायन तथा प्रदेश मामिला समितिले स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका शर्त सम्वन्धी व्यवस्था गर्न बनेको विद्येयकमाथि राय सुझाव संकलन गरेको छ ।
समितिका सभापति दिवानसिंह विष्ट, प्रदेश सभा सदस्यहरु लक्ष्मी विक, रामेश्वर चौधरी, जानकी ऐर वम, जुना दानी, इन्दिरा गिरीको उपस्थितिमा शनिबार डोटीमा विद्येयकमाथि छलफल भएको थियो ।
त्रिवेणी नगरपालिका बाजुराका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद साहले विद्येयकमा कर्मचारीले एक पटकका लागि बढुवा हुने व्यवस्था हुनु पर्ने, करार कर्मचारी हकमा एक पटकका लागि स्थायी गर्नु , तहगत बढुवा हुनु पर्ने र अवकाशपछि कसरी व्यवस्थापन गर्ने भन्ने पनि सोच्नुपर्छ भने ।
दिपायलसिलगढी नगरपालिकाका सामाजिक शाखा अधिकृत रमेशचन्द्र जोशी स्थानीय सेवाको गठन तथा सञ्चालन तथा सेवाका शर्त सम्वन्धी व्यवस्था गर्न बनेको विद्येयकमा सरुवा र वृत्तिविकासमा विभेद नहुने गरेर व्यवस्था गर्नुपर्ने बताए।
निजामति कर्मचारी संगठन डोटीका अध्यक्ष लालबहादुर बोगटीले संघीय निजामति ऐन आएपछि मात्र प्रदेशको ऐन आउन जरुरी भएको बताए । अहिले नै सो अहिले आउदा कार्यान्वयनमा आउनेमा उनले आशंका व्यक्त गरे ।