धनगढीका मेयर हमाल विमारी
धनगढी/धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि शनिबार दिल्ली रेफर गरिएको छ ।
उनको स्वास्थ्यमा शुक्रबार स्वास्थ्यमा समस्या आएपछि धनगढीकै माया मेट्रो अस्पताल भर्ना गरिएको थियो। उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डा. हरि पौडेलको टीमले उपचार गरेको थियो ।
चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।
मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् ।
उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए ।