नेपाल र चीनबीच नौ सहमतिपत्रमा हस्ताक्षर
बेइजिङ / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीन प्रधानमन्त्री ली छियाङबीच दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न नौ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यसैबीच चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरे ।