१९ मंसिर २०८१, बुधबार

बाजुरामा कांग्रेसको जीत खोस्दै एमालेले फिर्ता गर्यो आफ्नो विरासत




धनगढी/बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेद्धार सुलोचनाकुमारी बुढा बिजयी भएकी छन ।
सुलोचनाले एक हजार ७४० मत सहित जितेकी हुन ।

उनका प्रतिद्धन्द्धी कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले एक हजार ४७४ मत पाइन् । नेकपा एकीकृत समाजवादीकी जवा शाहीले ५५३ पाएकी छन् । ७ हजार ४६० मध्ये तीन हजार ९०३ जनाले मतदान गरेका थिए।

२०७९ को स्थानीय तहको निर्वाचनमा १७३ मतले पराजित भएकी एमाले उम्मेदवार बुढाले त्यो भन्दा बढी मत पाउदै उपनिर्वाचन जितेकी छन्।

२०७९ को निर्वाचनमा एमाले काङ्ग्रेसकै प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार मैनादेवी जैसी विजयी भएकी थिइन् । जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा बुढाले एक हजार ६३७ पाएकी थिइन्। जोशीको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस शाहीलाई २६६ मतले पछि पार्दै सुलोचना निर्वाचित भएकी हुन् ।

स्वामिकार्तिक गाउँपालिकामा २०७४ मा एमालेले जितेको थियो । त्यसअघिका वाइ, जुकोट र साप्पाटा गाविस पनि ०४९ र ०५४ मा पनि एमालेले नै जितेको थियो । ०७९ मा भने एमाले,कांग्रेस एक्लाएक्लै समाजवादी र माओवादी मिलेर लडेका थिए ।कम्युनिष्टहरु विभाजित हुँदा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुईवटै पद जितेको थियो ।

यसपाली पनि समाजवादी एक्लै लडेको थियो तर माओवादी उम्मेदवारले एमालेलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएकी थिइन । भने केही र माओवादी र समाजवादीले कांग्रेस जित्नु भन्दा एमाले जित्नु राम्रो भन्दै एमालेका उम्मेदवारलाई मतदान गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार