२५ मंसिर २०८१, मंगलवार

कैलाली जिसस प्रमुख पदमा कांग्रेसको उम्मेदवार जित्ने पक्का




धनगढी/
कैलालीमा जिल्ला समन्वय प्रमुखका लागि मनोनयन दर्ता भएको छ । सो पदमा कांग्रेसका टीका भूल चौधरी निर्वाचित हुने पक्का छ ।

कैलालीमा एमालेले कांग्रेसलाई सहयोग गरेको छ । १३ पालिका रहेको कैलालीमा २६ मतदाता छन् तर टीकापुरका उपमेयर खडकबहादुर शाह निलम्वित छन् । बाँकी रहेका २५ मतमा कांग्रेसका ८ र एमालेका ५ जना गरेर बहुमत संख्या टीका भूल चौधरीका पक्षमा छ ।

यद्यपी हार निश्चित हुँदा हुँदै पनि नागरिक उन्मुक्ति पार्टीका रुक्मती चौधरीको पनि उम्मेदवारी परेको छ । नाउपासँग ७ मत छन् ।

नाउपालाई माओवादीका ३ र एकीकृत समाजवादी १ ले समर्थन गर्न सक्छन् भने धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मतदान गर्ने नगर्ने टुंगो छैन । उनी स्वतन्त्र मेयर हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार