२५ मंसिर २०८१, मंगलवार

कैलालीमा बाख्रा चोरेको भन्दै एक जनाको हत्या, ५ जना पक्राउ




धनगढी/ कैलालीमा बाख्रा चोरी गरेको भन्दै एक जनाको हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरेर हत्या भएको बताए ।

बाख्रा चोरी गरेको भन्दै भुललाई शनिबार राति कुटपिट गरिएको थियो उनले भने, कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको हो ।

उनका अनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले बताए ।

भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार