१५ बैशाख २०८१, शनिबार

एमालेको सुर्खेत अधिवेशन : यमलाल निकट कुलमणी देवकोटाको प्यानलै विजयी




सुर्खेत/ नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । देवकोटाले जम्मा ३५१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी अमृतबहादुर बिसीले १३२ मत पाए ।

उपाध्यक्षमा मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी बिसी प्यानलका ताराकेशर गौतमले १३० भोट ल्याए । सचिवमा डम्बर तिवारीले २९१ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरे ।

साथै, उप(सचिव खुलामा टीकाराम सोमै र महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । टीकारामले ३२४ मत र सुशीलाले ३३५ भोट ल्याइन् ।

पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएको निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जनाले भोट हालेका थिए ।
कुलमणी सहितका विजयी पदाधिकारी एमाले निकट यमलाल कँडेल निकट हुन । यसअघि प्रदेश अधिवेशन पनि कँडेलकै समूहले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार