२२ बैशाख २०८१, शनिबार

चवरा चौतारा समाजद्धारा नैनादेवी मन्दिरको सरसफाइ



धनगढी/ चवरा चौतारा समाज धनगढीले शनिबार धनगढीको नैनादेवी मन्दिर परिसरमा सरसफाइ गरेको छ ।

समाजले शनिबार राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र, प्रदेश सभा सदस्य धर्म राज पाठक, पूर्व सांसद महेश्वर पाठकको सहभगितामा नैनादेवी मन्दिर परिसर सरसफाई गरेको समाजका अध्यक्ष दीपेन्द्र बमले जानकारी दिए ।

डोटीको बोग्टान गाउँपालिका को चवरा चौताराबाट धनगढी बसाइ सरेकाहरुले समाज मार्फत विभिन्न सामाजिक काम गर्दै आएका छन । अध्यक्ष बमका अनुसार हरेक महिनाको अन्तिम शनिबार मन्दिर, विद्यालय, चौतारी जस्ता सार्वजनिक स्थानमा सरसफाइ गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार