३० कार्तिक २०८२, आईतवार

स्काउटको युथ फोरम र शान्ति, सुरक्षा सम्वन्धी गोष्ठी



धनगढी/ नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा स्काउट युथ फोरम तथा शान्ति र सुरक्षा सम्वन्धी अभिमुखीकरण भएको छ ।

स्काउटका प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार स्काउट युथ फोरम तीन दिनसम्म सञ्चालन भएको थियो । स्काउट युथ फोरमको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए ।

आइतबारदेखि शान्ति र सुरक्षा सम्वन्धी अभिभुखीकरण भइरहेको छ । फिनल्याण्ड स्काउट र नेपाल स्काउटको सहकार्यमा स्काउट शान्ति सुरक्षा कार्यक्रम देशभरी संचालन भइरहेको छ । अभिमुखीकरणमा नौ जिल्लाका ५० जना युवा स्काउटर (रेन्जर, रोभर) स्काउटको सहभागिता रहेको छ ।

सहभागीलाई ओजम कल्सल्टेण्ट राष्ट्रिय प्रशिक्षक देवराज घिमिरे लगायतले प्रशिक्षण दिएका थिए ।

यसैवीच आइतबार प्रदेश युथ फोरम गठन भएको छ । सुदूरपश्चिममा सबै जिल्लाबाट आएका युवा स्काउटरहरुले निर्वाचन मार्फत समीर भण्डारीको अध्यक्षतामा नौ सदस्यीय गठन भएको छ । सो समितिको कार्यकाल तीन वर्षको हुने गरेको छ ।

मुलुक सङघीयतामा गइसकेपछि पहिलो पटक स्काउटको प्रदेश स्तरीय युथ फोरम गठन भएको छ । देशका अन्य भुगोलमा युवाका आकर्षणको केन्द्रका रुपमा रहेको स्काउट अभियान सुदूरपश्चिममा पनि पुर्नजागरण भएको देखिन्छ । लगभग शुन्यबाट सुरु भएको स्काउटींग अभियान अहिले सुदूरपश्चिमका ८८ वटै पालिकामा द्रुत गतिमा विस्तार भइरहेको छ ।

नेपाल स्काउटले अध्यावधिकका लागि अभिलम्बन गरेको अनलाईन सिस्टममा सुदुरपश्चिम प्रदेशबाट हाराहारी छ सय युनिटहरु दर्ता भएका छन् । बालबालिकाको व्यक्तित्व विकासका पाँचवटा क्षेत्र शारीरिक विकास, सामाजिक विकास, बौद्धिक विकास, संवेगात्मक विकास, अध्यात्मिक विकास) विकासको क्षेत्रमा प्रभावकारी काम गर्दै आएको छ । विश्वमा सबभन्दा ठूलो अनौपचारिक शिक्षा अभियानको रुपमा रहेको स्काउटिंग अभियानमा युवालाई लगाउन सकिएको खण्डमा लागुपदार्थ दुव्र्यसन लगायतका कुतलबाट युवाहरुलाई बचाउन सकिने देखिन्छ ।

आइतबारमै नै राष्ट्रिय युवा फोरमका सहभागी हुनका लागि १२ रोभर रेन्जर पनि प्रतिनिधिका रुपमा छनौट भएका छन् । पुस २२ गते काठमाण्ठौमा राष्टिय युवा परिषद् गठन हुनेछ । ७ वटै प्रदेशबाट राष्टिय परिषदका लागि छनौट भएका प्रतिनिधिहरु सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार