१६ बैशाख २०८१, आईतवार

चीनका भीरमा कफी फलाइन्छ, रोबोटबाट बनाएर खुवाइन्छ



बाओसान ( युनान, चीन) / चीन हरेक क्षेत्रमा अग्रता हासिल गरिरहेको छ पछिल्लो समय उसले निर्माणको अवस्थामा रहेको युनानको बाओसान सहर नजिकैका गाउँगाउँमा कफी खेती गरिरहेको छ ।

चीनले अहिले कफीमा देखाएको आक्रामक प्रयासले अवका केही वर्षमै उ विश्वकै पहिलो स्थानमा पुग्ने अनुमान गर्न सकिन्छ । अहिले चीन कफी उत्पादनमा विश्वको २२ औं स्थानमा छ ।

युनान प्रान्तले बाओसानलाई कफी क्षेत्रको रुपमा विकास गर्न खोजेको छ यस क्रममा यहाँको भीर पाखालाई समेत कफी उत्पादन केन्द्रको रुपमा विकास गरिरहेको छ ।

युनानको बाओसानमा ठाउँ अनुसार जस्तो भीरमा कफी र केरा वा त्यस्तै मिल्दोजुल्दो फलफुल वा बोटविरुवा लगाइरहेको छ । भने अन्य मैदानी क्षेत्रमा कपी, आप, लिच्ची जस्ता ठाउँ अनुसारका बोटविरुवा लगाइरहेको पाइन्छ ।

बाओसानबाट दक्षिणतर्फ नुचियाङ नदी किनार क्षेत्रमा चीनले विशाल फाँटहरु मकै, फलफूलदेखि अनेक थरी कफीको खेती गरिएको छ ।

डरलाग्दा भीर छेडेर सुरुङमार्फत ६ देखि आठ लेनका विशाल सडक बनाइएको छ भने सडकमाथिको भीरमा केरा र कफी लगाइएको छ । कफीलाई प्राथमिकतामा राखिएको भए पनि केरा समेत हुने भएकोले ती भीरमा कफी लगाइएको हो । कफी र लगायतका उत्पादनका लागि सरकारले मलमा अनुदान दिने गरेको छ । विषादी औषधि कम प्रयोग गर्न पनि सरकारले प्रेरित गरेको छ ।

त्यति मात्र होइन यहाँका उत्पादन आन्तरिक बजारमा खपत गराउनेदेखि विश्वबजारसम्म लैजाने ग्यारेन्टी सरकारले गरेपछि युनानको ग्रामीण क्षेत्रमा किसानमा खेतीपाती गर्ने प्रतिस्पर्धा छ ।

कफी लगायतका फलफुल लगाइएका क्षेत्रमा सोलार पम्पिङ, थोपा सिंचाई र अन्य बैकल्पीक उपायले सिंचाइ गरिएको छ ।
किरा, फट्यांग्राबाट केरा र कफी जोगाउन पनि अनेकौ उपाय खोजेको पाइएको छ ।

चीनको सागसब्जी र कफीसहितका उत्पादन भियतनाम, दक्षिण कोरिया लगायतका एशियाली, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा पनि पुग्ने गरेको छ ।

युनान इन्टर नेशनल सेन्टरको इकोनिमिक्स एण्ड टेक्नोलोजी एक्सचेन्जका फंग यिछुन नेतृत्वको टोलीले अफ्रिका महादेश, नेपाल, टर्की, र पानामा लगायतका देशका २५ जनाको टोलीलाई कफी खेती लगाउने ठाउँ र कफी उद्योगहरुको अवलोकन गराइरहेको छ ।

बाओसानमा रोबटले बनाउछ मिठो कफी
सूचना प्रविधिको क्षेत्रमा अनौठा प्रगति गरेको चीनले अब रोबोटबाट कफी समेत खुवाउन थालेको छ । यसक्रममा चाइना मोबाइलले तीन वर्ष अघिदेखि बाओसानमा रोबोटबाट कफी खुवाउन थालेको हो ।

बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्कको नजिकै कफी एसोसियसनको कार्यालय रहेको छ जहाँ पुरातात्विक शैलीमा दुई दर्जनबढी आकर्षक घरहरू एकै आकारमा बनाइएका छन् । सोही एसोसियसनको कार्यालयमा कफी बनाउन रोबोट राखिएको छ ।

चाइना टेलिकमले तीन लाख चिनियाँ युआन खर्चेर तयार पारिएको रोबोटले त्यहाँ पुग्ने अतिथिहरूलाई कफी बनाउछ अनि सहयोगीले कपी टेबुलटेबुलमा पुगाउछन् ।

रोबोटले आगन्तुकका लागि ब्ल्याक कफी बनाइ दिन्छ । बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्कका अध्यक्ष ली चियाबोका अनुसार कफीलाई अत्याधुनिक प्रविधिमा जोड्ने क्रममा चाइन मोबाइलले सो रोबोट बनाएको हो ।

प्रदर्शनीका क्रममा रहेका ती रोबोटले अहिले आफूले बनाएको कफी सर्भ भने गर्दैन कफी उत्पादनमा प्रविधिलाई जोड्दै लाने क्रममा रोबोटलाई पनि उपयोग गरेका हौँ । रोबोटले कफी बनाएको भाडा पनि आफै धुने गरेको छ, परीक्षण प्रक्रिया सकिएपछि यो रोबोटले आफूले बनाएको कफी सर्भ पनि गर्न तयार हुनेछ अध्यक्ष लीले भने ।

बाओसान सहरमा मात्रै कफी बिन उत्पादनका लागि ५२ वटा प्रशोधन केन्द्र र कारखाना खोलेको छ । ती अधिकांश केन्द्रमा कफी अरेबिका उत्पदान गर्ने गरिएको छ ।

बाओसान सहरको बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्क यहाँको मुख्य उत्पादन केन्द्र हो । जहाँ बाओसान सहरमा रहेका ५२ कफी बिन उत्पादन केन्द्रमध्ये १० वटा यही इन्डस्ट्रियल पार्कमा रहेका छन् ।

दुई वर्षअछि निर्माण पूरा भएको यो इन्डसट्रियल पार्कमा चीनले विश्वमा प्रयोग नभएका अत्याधुनिक र ठूला मेशिनहरू प्रयोगमा ल्याउँदैछ ।

कतिपय मेशिनहरूलाई चीनले परीक्षणका क्रममा रहेको भन्दै अहिलेसम्म सार्वजनिक गरेको छैन। सो औद्योगिक पार्कमा अहिले दैनिक कफी बिनका विभिन्न १५ प्रकारका सामान उत्पादन भइरहेका छन् ।

चीनमा उत्पादित बाओसान  कफी अरेबिकालाई कयौँ युरोपियन, एसियन र अफ्रिकन देशहरूले उच्च प्राथमिकता दिएर खरिद गरिरहेका छन् ।

यो पार्कभित्रका दुई दर्जन बढी ठूला भवनमा दैनिक पाँच हजार कामदारले रोजगारी पाएका छन् । बाओसानको सबैभन्दा ठूलो कफी बिन इन्डस्ट्रियल पार्क हो । अध्यक्ष ली सो पार्कको नेतृत्व गरेर चीनको उत्पादनलाई विश्व बजारमा पुगाउनका लागि खटिएका छन् ।

कफी बिन उत्पादनमा चीनलाई शीर्ष पाँच देशभित्र ल्याउने योजनासहित खर्बौँ रूपैयाँ लगानी गरिएको छ । लगानीअनुसार यो एकै पार्कले दैनिक १५० टन कफी बिनको कच्चा पदार्थ उत्पादन पर्छ ।

७० वर्षअघिदेखि कफी खेती थालेको चीनले तीन वर्षयता विश्वबजारमा आक्रमक उपस्थितिका लागि लगानी गरिरहेको छ । चीनले आन्तरिक खपतसँगै विश्व बजारमा आफ्नो उत्पादनको विक्रीबाट फाइदा लिन अनेक रणनीति तय गरिरहेको छ ।

चिनियाँ युवा पुस्ताले छिटो छरितोरुपमा कपी खान पाउनुपर्छ भन्ने सोच राख्न थालेपछि पनि चीन सरकार र व्यवसायीहरु कफीलाई विशेष चाँसोका साथ अगाडि बढाइरहेका छन् ।

द बेल्ट एन्ड रोड इनिसियटिभ एज अ गेटवे टु द सी फर ल्यान्ड लक्ड कन्ट्रिज’, शीर्षकमा पीएचडीको शोध गरेका अधिवक्ता मुकुन्द अधिकारी कफी सम्वन्धी महत्वपूर्ण मेसिनरी काम चीनले कोभिडका बेला गरेको बताउछन् । कोभिडमा संसार सुतेर बस्यो तर चीनले कफीको मेसिनरी काममा फड्को मारेको देखिन्छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार