१५ बैशाख २०८१, शनिबार

आफ्नो क्षेत्रमा बजेट पार्न ३२ वटै सांसदको मन्त्रीमण्डल बनाउ (भिडियो सहित)



बजेट संशोधन गर्नु हुन्न, कमा, फुलस्टिप परिवर्तन भन्ने सोच छोड्नुपर्छ । संघीय सरकारको नीति तथा कार्यक्रममा गेटा विश्वविद्यालय भनेर आयो तर बजेटमा प्रतिष्ठान भनेर आयो तर बजेट पास हुँदा विश्वविद्यालय नै आयो । निर्वाचन आयोग पनि जिल्ला प्रशासनमा गाँभिने कुरा आयो तर बजेट पास हुँदा पुरा नै अवस्थामा राखियो ।

सामाजिक सञ्जाल, मिडिया, यत्रतत्र सर्वत्र बजेटमा असन्तुष्टी पोखिएको छ । हामीले आफ्नो असन्तुष्टी पोख्न २४ दिन पर्खिनु पर्यो । पहिले नै धारणा राख्न पाएको भए सजिलो हुन्थ्यो होला । जनताको भाग्य भविश्य बनाउछौ भनेर यहाँ आएको हौ ।

एकीकृत राज्य सत्ता भयो, अधिकार विकेन्द्रीत भएनन् , काठमाडौ र सिंहदरवारमै अधिकार रहे भनेर हामीले संघीयता ल्यायौ तर हामी बजेट ल्याउन, नीति ल्याउन, चुनाव जितेपछि, सरकार बनाउन बजेट पास गर्न, बजेट फेल गर्न काठमाडौ नै जान्छौ । यसरी संसदको हुर्मत लिएर, जनमतको हुर्मत लिएर हामी के निर्णय गर्छो अनि जनताले हामीबाट के अपेक्ष गर्छन । हामी हल्कारा मात्र भयौ, हामीले आफ्नो महत्व नै बुझेनौ ।

हामी कता जाने हो । संघीयता बलियो बनाउने कि कमजोर । बजेटमा मेरा योजना परे परेनन् त्यसमा धेरै छलफल गर्दिन । मैले त बजेट आएकै दिन हामीलाई आइफोन देखाएर १६०० मोडेलको नोकिया देखाइयो भनेर भनेको हो । एयर बस चढ्नुपर्छ भनेर एअर बस देखाइयो तर १६ सिटे ट्वीनेटर ल्याइयो त्यो उड्दै उडेन ।

युवा सरकारमा छन् युवा माननीय छौ रामै आउछ भन्ने लागेको हो । बजेट बारे रिसोर्टमा , काठमाडौमा, विज्ञसंग छलफल गरियो । हामीलाई लागेको थियो बजेट केही नयाँ आउने भयो । महत्वकांक्षी आउने भयो, हामीले दौडिनु पर्ने भयो भन्ने लागेको थियो । तर दौडिने त कता हो हिड्नु पर्ने अवस्थाको बजेट पनि आएन । मलाई एउटा हिन्दी सायरी याद आयो । युवा मन्त्री खटिएको देखेर केही गर्छन भन्ने लागेका हो नै ।

हम तो फिदा हो गए उनकी तिर्छी निगाहों पर ।
हमे क्या पता सनम टेढा ही देखते है ।।
अर्थात
मुग्धै भएँ म त उनका टेढा नजरले ।
के था हुन्थयो मलाई उनको नजरै टेढो रहेछ ।।

अहिले मनोरेल, सुरुङ मार्ग होइन बरु अहिले पनि एअर एम्बुलेन्स किनौ । दुर्घट्ना/ विपत जुनसुकै क्षेत्रमा पनि हुन्छ । हरेक सानो दुर्घटनामा काठमाडौबाट हेलिकोप्टर मगाउनुपर्छ । बाढी, पहिरो पनि आइरहन्छ । अस्ति डडेल्धुरमा बाटोमै महिलाले बच्चा जन्माइन । कतिपयले सुत्केरी हुन नसक्दा ज्यान गुमाइरहेका छन् । एअर एम्वुलेन्स यही भएको भए अस्ति हाम्रा मन्त्री पृथ्वीबहादुर सिंहको पनि समयमै उद्धार गर्न सक्थ्यौ, समयमै उद्धार गर्न सकेको भए बाँच्नु हुन्थ्यो कि ? पूर्वाधार विकासबाट एक/एक करोड तानेर भए पनि एअर एम्बुलेन्स किनौ ।

अर्कोतिर मोनोरोल होइन इलोक्ट्रोनिक बस र मालबहाक ट्रक चाहिएको छ । त्यसको व्यवस्था गरौ जसले गर्दा मूल्यबृद्धी घट्छ , जनतालाई सहुलियत हुन्छ ।

मेरो निर्वाचन क्षेत्रमा केही योजना परेका छैनन् । म त यो बजेटको कितावलाई कालो किताव भन्छु । हेरेको पनि छैन, हेर्नेवाला पनि छैन, त्यो किताव लिएको पनि छैन लिनेवाला पनि छैन । मेरो क्षेत्रमा केही परेको छ भने पनि अन्त लैजानुस ।

कृषिमा यो गर्ने, उ गर्ने भनेर ठूला कुरा गर्यौ तर त्यस्तो भएन बरु कृषिमा नीति बनाएर हिमाल पहाड, तराईमा यस्तो गर्छो भनेको भए हामीले पनि मेरो पर्यो परेन भन्ने थिएनौ । तर अहिले कुनै एक प्रदेश निर्वाचन क्षेत्रमा ३०/४० योजना परेका छन् भने कुनै जिल्लाभर ५/६ योजना आयो । हामीले संघीयता यसैका लागि ल्याएको हो ।

यो बजेट बारे के बोल्ने धेरै बोलौ हाम्रै मन्त्री सरकारमा छन् । नबोलौ भने पनि भएन । त्यसैले मलाई एउटा गीतको याद आयो ।

बोलौ भने तिमीलाई बात लाग्ने डर
नबोलौ भने तिम्रो प्रितको पाप लाग्ने डर

आफू मन्त्री नभएर योजना नपर्ने रहेछन् त्यसैले हाम्रो प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन् त्यसैले ३२ जनालाई नै मन्त्री बनाउने निर्णय गरौ त्यसपछि अलिअलि योजना त पर्लान नि । यो बजेटले हाम्रो प्रदेशको लक्ष्य, विकास,सम्वृद्धी प्राप्त गर्न सक्दैनौ ।
म पनि बजेट संशोधनको पक्षमा छु । तर कहिले ढिलो भएन र ३१ गतेसम्म त हामीले बजेट पास वा फेल गर्नु नै छ ।

बजेट संशोधन गर्नु हुन्न,कमा, फुलस्टिप परिवर्तन भन्ने सोच छोड्नुपर्छ । संघीय सरकारको नीति तथा कार्यक्रममा गेटा विश्वविद्यालय भनेर आयो तर बजेटमा प्रतिष्ठान भनेर आयो तर बजेट पास हुँदा विश्वविद्यालय नै आयो । निर्वाचन आयोग पनि जिल्ला प्रशासनमा गाँभिने कुरा आयो तर बजेट पास हुँदा पुरानै अवस्थामा राखियो ।

हाम्रो प्रदेशमा नीति तथा कार्यक्रम महत्वकांक्षी आयो तर बजेट निरिह आयो । बजेट असन्तुलित छ । हाम्रो प्रदेशको विकासको मोडेल हामीले नै बनाउने हो । कस्तो बनाउने ध्यान दिनुपर्छ । संघीय सरकारबाट हुनु पर्ने काम संघतिरै छलफल होला ।

हाम्रा सत्ता पक्षकै तीन दलका नेता बसेर यथास्थितिमा बजेट पास गर्न सकिदैन भनेर निर्णय गर्नु भएको छ । हामीले प्रदेश सभा मार्फत जनतालाई भन्नुपर्छ के के कुरामा संशोधन गर्ने हो । बजेटमा विरोध के मा हो त्यो पनि भन्नुपर्छ । बजेट बारे अहिले जस्तै बहस पहिले हुनु पर्ने थियो, संशोधन गर्न समय पुग्थ्यो । बजेट बारे जे होला , सरकार जे होला , सरकार हिजो अर्के थियो, आज अर्के छ भोली अर्के आउला केही फरक पर्देन तर जनताका सेवा सुविधा कम हुनु हुँदैन । अन्तमा म पनि भन्छु यथास्थितिमा बजेट पास हुन सक्दैन ।

( उल्लेखित सामाग्री नेकपा (माओवादी केन्द्र ) बाट कञ्चनपुर क्षेत्र नम्बर २ (क) बाट निर्वाचित ओमविक्रम भाट सरलले शुक्रबारको प्रदेश सभामा बजेट बारे दिएको मन्तव्यको भावानुवाद हो )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार