कैलालीमा २९ किलो बिस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

धनगढी/ कैलालीमा बिस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कैलारी गाउँपालिका–३ खोनपुरबाट नेपाल भित्राउँदै गरेको अवस्थामा बिस्फोटक पदार्थसहित भारतको लखिमपुर खिरी चन्दन चौकीका ४२ वर्षीय शिव गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट २९ किलो ५०० ग्राम बिस्फोटक पदार्थ बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
